नियम ३२ख
शिक्षण कार्यसँग सम्बन्धित विषयमा अनुसन्धान
(१) शिक्षकलाई निजले अध्यापन गरेको विषयमा शिक्षण सुधारको लागि अनुसन्धान गरी प्रतिवेदन तयार गरे वापत प्रत्येक वर्ष १ अङ्कका दरले बढीमा ५ अङ्क दिइनेछ ।
(२) उपनियम (१) बमोजिमको प्रतिवेदन शिक्षकको हकमा प्रधानाध्यापक तथा विद्यालय निरीक्षकले र प्रधानाध्यापकको हकमा सम्बन्धित स्रोत व्यक्ति तथा विद्यालय निरीक्षकले प्रमाणित गर्नु पर्नेछ ।